होली पर्वको अवसरमा ‘भौजी हो भौजी’, भोलि सार्वजनिक हुने

-कैलारी अनलाइन

आइतवार, २३ फाल्गुण 8:40 PM

कैलाली, २३ फागुन । होली पर्वलाई लक्षित गरि थारु होली गीत ‘भौजी हो भौजी’ मा निर्माण भएको म्युजिक भिडियो बजारमा आउने तयारी भएको छ ।
थारु टेलिभिजनको प्रस्तुती तथा रुपेश चौधरी प्रोड्यूसर रहेका म्युजिक भिडियो फागुन २४ गते थारु प्रोडक्सन हाउसबाट साँझ ४ बजे सार्वजनिक हुने जनाएको छ । भिडियोमा बिरु चौधरी, सामु चौधरी, निक्का बोस (निरज), रन्जिता बखरिया, सनि चौधरी र डटकम चौधरीको अभियन रहेको छ ।


शब्द संगीत मनमति बखरियाको रहेको छ । गीतमा मनमति बखरिया र खेम चौधरीले स्वर दिएका छन् । हिरा चौधरीको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोको छायांकन अमित बिकले गरेका छन् । त्यस्तै सम्पादनमा हिरा चौधरी, कलरमा अमित बिक र मेकअपमा शिवा पार्की रहेका छन् ।

थप सम्बन्धित समाचार
Follow
Us