हसुलियामा रक्तदान, माघ २ गते सांस्कृतिक कार्यक्रम तथा पेनाल्टी सुटआउट प्रतियोगिता हुने

-कैलारी अनलाइन

बुधवार, २९ पौष 4:11 PM

कैलाली, २९ पुस । हिम शिखर क्लबको आयोजना र कैलारी उद्योग वाणिज्य संघको सहकार्यमा बुधबार हसुलियामा रक्तदान कार्यक्रम भएको छ ।
रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए । यसै बिच माघको अवसरमा २ गते हसुलियाको दिपेन्द्र माध्यमिक विद्यालयमा ब्याडमिन्टन र पेनाल्टी सुटआउन प्रतियोगिता हुने भएको छ ।
हिम शिखर क्लबको आयोजनामा एक दिवसीय ब्याट मिन्टन र फुटबल पेनाल्टी सुटआउट प्रतियोगिता हुने क्लबकाअध्यक्ष सुनिल चौधरीले जानकारी दिए । प्रतियोगिता सँगै थारु संस्कृति झल्किने नृत्य तथा परम्परागत नाच समेतको प्रस्तुती रहने अध्यक्ष चौधरीले बताए ।
क्लबले ब्याडमिन्टन प्रतियोगिता तर्फ प्रथम पुरस्कार १५ हजार, दोस्रो पुरस्कार ८ हजार र सेमिफाइनल खेल्ने २ टीमलाई जनही जर्सी प्रदान गरिने जनाएको छ ।
त्यस्तै फुटबल पेनाल्टी सुटआउट प्रतियोथिता तर्फ प्रथम पुरस्कार नगद ५५ हजार, दोस्रो पुरस्कार २५ हजार ५५० र सेमिफाइनल खेल्ने २ टीमलाई जनही फुटवल जर्सी प्रदान गरिने जनाएको छ ।

थप सम्बन्धित समाचार
Follow
Us