स्थानीय स्तरमा उत्पादित बस्तुलाई बजारीकरण गर्नुपर्छ : बीरमान

-कैलारी अनलाइन

शनिवार, २९ कार्तिक 2:14 PM

हसुलिया, २९ कार्तिक । सुदूरपश्चिम प्रदेशसभा सदस्य बीरमान चौधरीले स्थानीय स्तरमा उत्पादित बस्तुलाई बजारीकरण गर्नु बताएका छन् ।
शनिबार हसुलियामा फकल पूरान बुडी ट्र«ेडर्सको उद्घाटन कार्यक्रममा उनले स्थानीय स्तरमा उत्पादित तरकारी तथा फलफूललाई बजारीकरण गर्नु पर्नेमा जोड दिएका हुन् । बजार नपाएर स्थानीय स्तरमा उत्पादित बस्तु कुहेर खेर जाने र कृषक समेतले घाटा व्यहोर्नु पर्ने अवस्था रहेकोले ट्रेडर्सलाई उत्पादन र उत्पादित बस्तुलाई बजारीकरण गर्नु पर्ने जोड दिएका थिए ।
फकल पूरान बुडी ट्र«ेडर्स तरकारी र फलफूलको थोक तथा खुद्रा पसल हो । पसलकी सञ्चालिका सुनिता चौधरी(फकल पूरान बुडी) ले स्थानीय स्तरमा उत्पादित तरकारी र फलफूल संकलन गरि धनगढी लगायत विभिन्न बजारमा सप्लार्यस गर्ने बताइन् ।
उनले आफ्नै व्यक्तिगत तीन लाख बढी लगानी गरि पसल सञ्चालनमा ल्याएकी हुन् ।
उद्घाटन कार्यक्रममा नेकपा कैलारी गाउँपालिका अध्यक्ष बतासु चौधरी, लालतु चौधरी, बसन्ता सीएफसीसीका अध्यक्ष रामबहादुर चौधरी, इलाका प्रहरी कार्यालय हसुलियाका इन्चार्ज नारदसिंह धामी, तीर्थ नेपाल लगायतको सहभागिता रहेको थियो ।

थप सम्बन्धित समाचार
Follow
Us