सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा

-कैलारी अनलाइन

आइतवार, २२ चैत्र 10:13 AM

कैलाली, २२ चैत । रानाथारु र कठरिया थारु समुदायको भोलि चैत २३ गतेका दिन खख्डेहरा पर्व परेको छ । होरी पर्वको अन्तिम दिनको रुपमा मनाउने खख्डेहरा पर्वमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकारको २०७७ जेठ २३ गतेको निर्ण अनुसार चैत २३ गते पर्ने खगडेहरा पर्वमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । तराईको कैलाली र कञ्चनपुर जिल्लामा रानाथारूहरूको बसोबास रहेको छ भने कैलाली र बर्दियामा कठरिया थारु समुदायको बसोबार रहेको छ ।

थप सम्बन्धित समाचार
Follow
Us