साहित्यकार साफी चौधरीको उपचारका लागि सहयोगको अपिल

-कैलारी अनलाइन

सोमवार, १३ माघ 10:45 AM

कैलाली, १३ माघ । कृष्णपुर नगरपालिका वडा नं. ६ सिंहपुर कञ्चपुरकी साहित्यकार साफी चौधरीको उपचारमा समस्या भएको छ ।
पैसाको अभावले उनको उपचारमा समस्या भएको हो । २२ वर्षिय उनको ब्रेनमा पानी जमेकोले अपरेसन गर्नु पर्ने देखिएको छ । हाल उनको विकेकानन्द हस्पिटल लखनउमा उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोरका कारण अपरेसन गर्न समस्या परेको वडा नं. ६ का वडा अध्यक्ष नथ्थु चौधरीले बताए ।
उनको उपचारका लागि परिवारले सहयोगको अपिल गरेका छन् । सहयोगका लागि कृषि विकास बैंक लिमिटेडमा रहेको हरचाली साहित्यिक त्रैमासिकको खाता नं. ०८२१९०१०८१५०००१६ मा पैसा जमा गरि सहयोग गर्न हुन अनुरोध गरिएको छ ।
साहित्यकार पत्रकार समेत रहेकी चौधरी हरचाली साहित्यिक त्रैमासिक पत्रिकाकी सम्वाददाता, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य, थारु लेखक संघ नेपालकी केन्द्रिय सदस्य, लावा डगर त्रैमासिककी आजिवन सदस्य, सुमिरन पत्रिकाकी सम्पादक हुन ।

थप सम्बन्धित समाचार
Follow
Us