विश्वभर ४१ लाख बढी कोरोना संक्रमित, मृतकको संख्या २ लाख ८२ हजार नाघ्यो

-कैलारी अनलाइन

सोमवार, २९ बैशाख 12:54 PM

काठमाण्डौं, २९ वैशाख । विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ८२ हजार नाघेको छ । संक्रमितहरुको संख्या ४१ लाखभन्दा बढी छ ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै १३ लाख २९ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । सो विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ७९ हजार ५२६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
स्पेनमा २ लाख २४ हजार ३५० जना संक्रमित छन् भने २६ हजार ६ सय २१ जनाको मृत्यु भएको छ । बेलायतमा २ लाख २० हजार ४ सय ४९ जनामा संक्रमण पुष्टि हुँदा ३१ हजार ९३० जनाको मृत्यु भएको छ ।

थप सम्बन्धित समाचार
Follow
Us