वडा कार्यालयद्वारा लक्षित वर्गलाई सम्मान

-कैलारी अनलाइन

आइतवार, ९ फाल्गुण 3:52 PM


हसुलिया, ९ फागुन । कैलालीस्थित कैलारी गाउँपालिका वडा नम्बर ७ को वडा कार्यालयले आइतबार लक्षित वर्गलाई सम्मान गरेको छ ।

चालू आर्थिक वर्षको लक्षित वर्गका कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक, अपाङ्ता भएका व्यक्ति, एकल महिलालाई सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि रहेका गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले लक्षित वर्गलाई सम्मान गरेका थिए ।

वडा भरिका ४३७ जनालाई पातलो ब्ल्याङ्केटको दोसल्ला ओढाएर सम्मान गरिएको वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार सो कार्यक्रमको लागि एक लाख १५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

वडा अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यापालिका सदस्य विष्णा सुनार, वडा सदस्यहरु फिरुराम चौधरी, मुसम्पीदेवी चौधरी, सुन्दरप्रसाद चौधरी, वडा कार्यालय सचिव गणेश चौधरी लगायतको उपस्थिति रहेको थियो ।

थप सम्बन्धित समाचार
Follow
Us