लोहरपुर सडक कालोपत्रेको कार्य सुरु

-कैलारी अनलाइन

बिहिवार, ४ मंसिर 6:08 PM

हसुलिया, ४ मंसिर । कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुरमा सडक कालोपत्रेको कार्य सुरु भएको छ ।

कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको उपस्थितिमा सडक कालोपत्रेको काम सुरु गरिएको हो । सो सडकले सडकपुर र नवलपुरलाई जोड्ने गरेको जनाइएको छ । दुई करोडभन्दा बढी रुपैयाँ लगानीमा सडक कालोपत्रेको काम सुरु भएको वडा अध्यक्ष दुखीराम कठरियाले जानकारी दिए ।

ठेकेदार मणिराज रेग्मीले टेन्डर प्राप्त गरेर सडक कालोपत्रेको काम गरिरहेको जनाइएको छ । एक किलोमिटरसम्म सडक कालोपत्रे हुने अध्यक्ष कठरियाले जानकारी दिए ।

थप सम्बन्धित समाचार
Follow
Us