लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, कैलारीमा विविध कार्यक्रम गरिने

-कैलारी अनलाइन

बुधवार, १० मंसिर 2:52 PM

हसुलिया, १० मंसिर । कैलारी गाउँपालिकाको हसुलियामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा वृहत ¥याली तथा अन्तरिक्रया कार्यक्रम भएको छ ।
कैलारी गाउँपालिकाको आयोजना तथा विभिन्न सहकारी संघसंस्थाको सहकार्यमा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने मूल नारासहित कार्यक्रम भएको हो । वृहत ¥याली तथा अन्तरिक्रया कार्यक्रमलाई गाउँपालिका अध्यक्ष लाजुराम चौधरी, उपाध्यक्ष लक्ष्मी सत्गौंवा लगायतले सम्बोधन गरेका थिए ।


यसै बिच कैलारी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजना र यस गाउँपालिका अन्र्तगत क्रियाशिल सहकारी संस्था एवं गैह्सरकारी संस्थाहरुको सहकार्यमा लैङ्गिक हिंसा अन्त्यका लागि विभिन्न कार्यक्रम गर्ने जनाएको छ । महिला तथा बालबालिका शाखाकी प्रमुख बालकुमारी चौधरीले १६ दिने अभियान अन्र्तगत नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न गतिविधी गर्ने बताइन् ।
उनले ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने शिर्षकमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता, सचेतनामूलक नृत्य लगायतका कार्यक्रम गर्ने बताइन् ।
महिला तथा बालबालिका शाखाको आयोजनमा हुने कार्यक्रमलाई कमैया प्रथा उन्मूलन समाज, पारदर्शी महिला विकास वहुउद्देश्यीय संस्था, दलित महिला अधिकार मञ्च, बेश, नेपाल रेडक्रस सोसाइटी, सामाजिक सेवा अध्ययन केन्द्र, समिक्षा महिला विकास बहुउद्देश्यीय सहकारी संस्था, चेतनशील महिला विकास सहकारी संस्था लगायतको सहकार्य गर्ने जनाएको छ ।

थप सम्बन्धित समाचार
Follow
Us