लकडाउनमा देखिएका धनगढी बुद्धचौकको केही दृश्य (फोटो फिचर)

-कैलारी अनलाइन

आइतवार, २१ बैशाख 5:26 PM

धनगढी, २१ बैशाख । बन्दाबन्दी भएको १ महिना बढी भएको छ । त चैत्र ११ गते कोरोना भाइरसको जोखिमलाई नियन्त्रण तथा रोकथाम गर्नको लागि सरकारले देशमा लकडाउन घोषणा गरेको थियो ।
तर कैलालीमा भने लकडाउनको उलङ्घन व्यापक रुपमा भइरहेको छ । यहि बैशाख १५ गते मात्रै गृह मन्त्रालयले लकडाउनमा कडाई गर्न कैलालीमा परिपत्र गरेको थियो । तर धनगढीवासीले उक्त आदेशको वेवास्ता गर्दै विभिन्न बहानामा घर बाहिर निस्किने क्रम जारी राखेका छन्।
यसै क्रममा शनिबार साँझ धनगढीको बुद्धचौकमा देखिएका केही दृश्य अरुण चौधरीले आफ्नो क्यामेरामा कैद गरेका छन् ।

थप सम्बन्धित समाचार
Follow
Us