रेशम चौधरी अस्पताल भर्ना

-कैलारी अनलाइन

शुक्रवार, २३ साउन 3:41 PM

काठमाडौं, २३ साउन । सांसद रेशम चौधरी अस्पताल भर्ना भएका भएका छन् । केही दिनदेखि मुटु दुख्ने र खुट्टा सुनिने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको डिल्ली बजारस्थित कारागारका जेलर गणेश आचार्यले बताए ।
२०७२ भदौ ७ गते सुरक्षाकर्मीसहित ८ जनाको ज्यान जानेगरी भएको टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त भन्दै जिल्ला अदालत कैलालीले चौधरीलाई दोषी ठहर गरेको थियो ।
उनी २ वर्षदेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन् । अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो ।
गएको प्रतिनिधिसभा निर्वाचनमा उनी कैलाली १ बाट राष्ट्रिय जनता पार्टीको तर्फबाट विजयी भएका थिए ।

थप सम्बन्धित समाचार
Follow
Us