राजनीतिक पूर्वाग्रहकै आधारमा सांसद चौधरीलाई जेलमा राखिएको छ : डा. भट्टराई

-कैलारी अनलाइन

बुधवार, ७ माघ 7:54 PM


कैलाली, ७ माघ । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सांसद रेशमलाल चौधरीलाई सरकारले राजनीतिक पूर्वाग्रहकै आधारमा जेलमा राखेको बताएका छन् ।
बुधबार कैलालीको टीकापुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले कैलाली क्षेत्र नम्बर १ बाट विजयी सांसद चौधरीलाई सरकारले राजनीतिक पूर्वाग्रहकै आधारमा जेलमा राखेको आरोप लगाए । टीकापुरमा २०७२ भदौ ७ गते भएको घटना राजनीतिक भएकाले उक्त घटनालाई राजनीतिक घटनाकै रुपमा सम्बोधन गरिनुपर्ने उन औंल्याए ।
यसका साथै उनले प्रधानमन्त्री केपी शर्मा ओली इतिहासकै निरंकुश तानाशाह भएको आरोप लगाएका छन् । उनले पूर्वराजा बिरेन्द्र र ज्ञानेन्द्र समेत ओली जत्तिको तानाशाह नभएको बताए ।

थप सम्बन्धित समाचार
Follow
Us