युवाहरुको समस्या समेटिएको थारु भाषाको चलचित्र निर्माण हुने

-कैलारी अनलाइन

आइतवार, २१ मंसिर 4:59 PM

कैलाली, २१ मंसिर । युवाहरुको समस्या समेटिएको थारु चलचित्र निर्माण हुने भएको छ ।
हमार म्युजिक बगिया प्रालिको व्यानर र विन्दास मिडियाको सहकार्यमा थारु कला, संस्कृति संरक्षण र दस्तावेजीकरण गर्ने उद्देश्यले चलचित्र निर्माण हुने भएको छ ।

चलचित्रमा यस क्षेत्रका युवाहरुको समस्यालाई पनि उजागर गर्ने जनाइएको छ । थारु कलाकारहरुलाई समाज, संस्कृति, भाषा, कला तथा पर्यटन प्रवद्र्धन विकासमा जागरुक गर्न र उत्प्रेरित गर्ने उद्देश्यले चलचित्र निर्माण गर्न लागिएको चलचित्र निर्माण संयोजक फेरु चौधरीले जानकारी दिए ।
यसै सन्दर्भमा चलचित्रका लागि कलाकार आवश्यक रहेको संयोजक चौधरीले जानकारी दिए । उनले कलाकारिता क्षेत्रमा लाग्न चाहने इच्छुक व्यक्तिले आफ्नो परिचय खुल्ने कागजात सहित मंसिर २३ गते सुख्खडमा हुने अडिसनमा सहभागिता जनाउन सक्ने बताए ।

थप सम्बन्धित समाचार
Follow
Us