मिस्टर एण्ड मिस थारुको माघ २८ गते धनगढीमा अडिसन

-कैलारी अनलाइन

आइतवार, २५ माघ 2:39 PM

कैलाली, २५ माघ । तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को अडिसन माघ २८ गते धनगढीमा हुने भएको छ ।
वाइएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित यस प्रतियोगिताको पहिलो चरणमा यही माघ २८ गते धनगढी स्थित थारु छात्रबासमा, सुनसरीको झुम्का स्थित सोउर म्युजिक प्रोडक्सन, सिराहाको लहानस्थित अर्किड क्याफे, पर्साको वीरगञ्ज स्थित होटल ओम रेसिडेन्सी रेष्टुरेन्ट एण्ड बारमा अडिसन हुने जनाएको छ । त्यसैगरि फागुन १ गते काठमाण्डौंको अनामनथरस्थित युनियन हाउस, रुपन्देहीको बुटवल स्थित होटल द बुटवल भ्यू र दाङको घोराहीस्थित कविला रिसोटएमा अडिसन हुने प्रवन्ध निर्देशक सुरेश चौधरीले जानकारी दिए ।
पहिलो चरणमा शनिबार चितवनको भरतपुर, बाँकेको नेपालगञ्ज र मोरङको विराटनगरमा अडिसन सम्पन्न भएको छ ।
चितवन अडिसनबाट ७ जना प्रतियोगी छनौट भएका छन् । छनौट हुनेमा सोनु चौधरी, जश्मी चौधरी, जयराम खा चौधरी, अविनाश महतो, रविन चौधरी, निवेश चौधरी र पवित्रा कुमारी रहेका छन् । यसैगरि विराटनगरबाट ५ जना प्रतियोगी छनौट भएका छन् । छनौट हुनेमा आशकुमार चौधरी अस्मिता चौधरी, त्रिसिना चौधरी, सुजता चौधरी र वियक्स चौधरी रहेका छन् । यसैगरि नेपालगंजबाट २ जना सुस्मिता चौधरी र प्रेरणा चौधरी छनौट भएका छन् ।
अडिसन पश्चात छनौट भएका प्रतिस्पर्धीहरुलाई काठमाण्डौंमा २५ दिनसम्म विभिन्न विधामा प्रशिक्षण दिइने छ । प्रतियोगिताको फाइनल चितवनको सौराहामा चैत्र ७ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरु प्राप्त गर्ने जनाएको छ ।

थप सम्बन्धित समाचार
Follow
Us