मघौटा गीतमा म्युजिक भिडियो निर्माण, संस्कृति संरक्षणमा टेवा

-कैलारी अनलाइन

शनिवार, २७ मंसिर 11:07 AM

कैलाली, २७ मंसिर । थारु समुदायको महान चाड माघ आउनै लाग्दा माघमा गाइने र नाचिने गीतमा यति बेला थारु कलाकारहरुले म्युजिक भिडियो बनाउन तिर जुटेका छन् । खास गरि यति बेला उनीहरुले माघमा नाचिने मघौटा नाच र धमार लगायत गीतमा म्युजिक भिडियो निर्माणमा जुटेका हुन् ।


यसै बिच ‘बाबाकी सागरमा मुडिया लहाइ गैनु हा…टिकुली छुटल पानी घाट’ भन्ने बोलको मघौटा गीतमा दुई दिन पहिले कञ्चनपुरको सिंहपुर गाउँमा म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । सुधराम दहितको निर्देशनमा भएको म्युजिक भिडियोमा बीर चौधरी, भानु चौधरी, सुनिता दहित, महिमा चौधरी लगायतका कलाकार रहेका छन् ।


गीतमा गायिका सोमति थारु र गायक बिजय चौधरीको स्वर रहेको छ । थारु कल्चरल गीत रहेकोले म्युजिक भिडियो निर्माणले थारुहरुको पहिचान, कला संस्कृति संरक्षणमा टेवा पुग्ने गायिका सोमती थारुको विश्वार रहेको छ । क्यामेरा र एडिट सतिश सिंन्हाको रहेको छ । म्युजिक भिडियो सीएस फिल्मस् प्रालिबाट बजारमा आउने जनाएको छ ।

थप सम्बन्धित समाचार
Follow
Us