भ्यालेन्टाइन डे मा ‘काजल’, रारा तालमा राज र चाँदनीको रोमान्स

-कैलारी अनलाइन

आइतवार, २ फाल्गुण 3:11 PM

कैलाली, २ फागुन । एकपछि अर्को थारु सुपरहिट म्युजिक भिडियो निर्माण गर्दै आएको सिएस फिल्मस् प्रालिले भ्यालेन्टाइन डे को अवसरमा ‘काजल’ भन्ने बोलको रोमान्टिक थारु म्युजिक भिडियो दर्शकहरु माझ ल्याएको छ ।
नेपालको पर्यटकीय क्षेत्र रारा ताल लगायत ठाउँमा छायांकन गरिएको भिडियोमा राजकुमार चौधरी र चादनी मल्ललाई फिचरिङ्ग गरिएको छ । प्रालिले भ्यालेन्टाइन डे कै अवसर पारेर भिडियो ल्याएपछि यति बेला राज र चाँदनी दर्शकहरुबाट माया पाइरहेका छन् ।
बसन्त महतोको शब्द रहेको गीतमा संगीत रामकुमार कठरियाको रहेको छ । गीतमा बसन्त महतो र समीक्षा चौधरीले स्वर दिएका छन् । भिडियोको डाइरेक्सन मासुम विष्ट र छायांकन र सम्पादन सतिश सिन्हाको रहेको छ ।

थप सम्बन्धित समाचार
Follow
Us