‘भौजी हो भौजी’ सार्वजनिक (भिडियो सहित)

-कैलारी अनलाइन

सोमवार, २४ फाल्गुण 4:15 PM

कैलाली, २४ फागुन । होली पर्वलाई लक्षित गरि थारु होली गीत ‘भौजी हो भौजी’ मा निर्माण भएको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
थारु टेलिभिजनको प्रस्तुती तथा रुपेश चौधरी प्रोड्यूसर रहेका म्युजिक भिडियो थारु प्रोडक्सन हाउसबाट सार्वजनिक भएको हो । भिडियोमा बिरु चौधरी, सामु चौधरी, निक्का बोस (निरज), रन्जिता बखरिया, सनि चौधरी र डटकम चौधरीको अभियन रहेको छ ।
शब्द संगीत मनमति बखरियाको रहेको छ । गीतमा मनमति बखरिया र खेम चौधरीले स्वर दिएका छन् । हिरा चौधरीको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोको छायांकन अमित बिकले गरेका छन् । त्यस्तै सम्पादनमा हिरा चौधरी, कलरमा अमित बिक र मेकअपमा शिवा पार्की रहेका छन् ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नु होला ।

थप सम्बन्धित समाचार
Follow
Us