बैतडी जिप दुर्घटनामा ५ जनाको मृत्यु

-कैलारी अनलाइन

मङ्गलवार, ९ मंसिर 4:09 PM

बैतडी, ९ मंसिर । बैतडीको दशरथचन्द नगरपालिका(१० मा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी ४ जना घाइते भएका छन् । मंगलबार दिउँसो करिब २ बजेतिर जिप दुर्घटनामा परेको थियो । बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा दिउँसो दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर बैतडीको सुर्नया गाउँपालिका ४ का ७५ बर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका ४ का ७५ बर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटका ७० बर्षीया पार्वतीदेवी चन्द,सोही ठाउँका ७२ बर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ बर्षीय कृष्णलाल लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक जनकबहादुर धामीले जानकारी दिए ।
दुर्घटनामा परी ४ जना घाइते भएका छन् । तीव्र गतिमा रहेको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ ।

थप सम्बन्धित समाचार
Follow
Us