बेलायतमा ९० वर्षकी महिलाले लगाइन् कोरोनाविरूद्धको पहिलो खोप

-कैलारी अनलाइन

मङ्गलवार, २३ मंसिर 4:59 PM

लन्डन, २३ मंसिर । ९० वर्षीया वृद्धाले कोरोना भाइरसविरूद्धको खोप लगाएकी छन् ।
औषधी निर्माता कम्पनी फाइजरर बायोएनटेक कम्पनीले बनाएको कोरोनाविरूद्धको खोप लगाउने उनी पहिलो व्यक्ति बनेकी छिन् । बेलायत सरकारले कोरोनाविरूद्धको खोप वितरण गर्न अनुमति दिएपछि राष्ट्रिय स्वास्थ्य सेवा मंगलबार खोप वितरण गर्ने कार्यक्रम आयोजना गरेको द गार्डियनले जनाएको छ ।
मंगलबार बिहान पौन ६ बजेतिर मार्गरेट किनानले खोप लगाएर खोप लगाउने कार्यक्रमको उद्घाटन भएको थियो । बेलायतका ५० वटा अस्पतालमा खोप लगाउन दिइएको छ । त्यहाँ भर्ना भएका ८० वर्ष माथिका बिरामी र डिस्चार्ज हुन लागेका बिरामीहरूलाई सुरूमा खोप दिइनेछ ।
किनानले कोभेन्ट्रीको युनिभर्सिटी हस्पिटलका नर्स मे पार्सन्सबाट खोप लिएकी हुन् । किनान पहिले ज्वेलरी पसलमा काम गर्थिन् भने चार वर्षअघिमात्रै सन्यास लिएकी हुन् । उनी अर्को हप्ता ९१ वर्ष पुग्दैछिन् ।
उनकी एक छोरी, एक छोरा र चार नातिनातिना छन् । कोरोना भाइरसविरूद्धको खोप लगाउने पहिलो व्यक्ति भएकोमा मलाई विशेष महशुस भएको छ, यो मैले चाहेको जन्मदिनको उत्तम गिफ्ट हो किनकी एक्लै बसेको करिब एक वर्षपछि म मेरो परिवार र साथीहरू नयाँ वर्षमा समय बिताउन सक्छु, उनले भनिन् ।
उनले आफ्नी नर्स मे पार्सन्स र एनएचएसका कर्मचारीहरूलाई पनि धन्यवाद दिइन् । यस्तो ऐतिहासिक दिनमा सहभागी हुन पाएकोमा म खुसी छु । एनएचएसमा काम गर्नु केही महिना हाम्रा लागि कठिन भएको थियो तर अब टनेलको अन्त्यमा प्रकाश परेको जस्तो महसुस भएको छ, भनिन् । फिलिपिन्सकी मे २४ वर्ष देखि एनएचएसमा काम गर्दै आएकी छिन् ।
बेलायतका प्रधानमन्त्रीले पनि एनएचएस तथा वैज्ञानिकहरूलाई धन्यवाद दिएका छन् ।

खोप लिएकी किनान करिब एक वर्षदेखि सेल्फ आइसोलेसनमा छन् । उनी आउँदो क्रिसमसमा परिवारसँग बस्ने योजना बनाउँदै थिइन् । खोप लगाएपछि उनलाई ह्विल चियरमा राखेर आफ्नो वार्डमा फर्काइएको थियो ।
उनी पहिलो डोजको खोप पाउने चार लाखमध्ये एक हुन् । उनले अर्को डोज २१ दिन पछि पाउनेछिन् । खोप पाउने दोस्रो व्यक्ति ८१ वर्षीय बिलियन विलु सेक्सपियर हुन् । उनी कोभेन्ट्रीको अस्पतालमा भर्ना भएका छन् ।
एजेन्सी

थप सम्बन्धित समाचार
Follow
Us