बाह्रौं राष्ट्रिय बाल नाटक महोत्सवमा एभरेष्टको ‘भुमिका नाटक’ उत्कृष्ट

-कैलारी अनलाइन

आइतवार, २२ चैत्र 7:26 PM

कैलाली, २२ चैत । एभरेष्ट एकेडेमी अत्तरियाले बाह्रौं राष्ट्रिय बाल नाटक महोत्सवमा प्रस्तुत गरेको नाटक भूमिका ले उत्कृष्ट उपाधि प्राप्त गरेको छ ।
चैत्र १ गतेबाट शुरु भएर चैत्र २१ गते सम्पन्न भएको नाटक महोत्सवमा देशै भरीबाट करीब तीन दर्जन नाटक सहभागी भएका थिए । उत्कृष्ट उपाधि प्राप्त गरेको भुमिका नाटक बलात्कारजन्य अपराध र हत्याका घटनामा आधारित भएर मञ्चन गरिएको थियो । यस नाटकको लेखन तथा निर्देशन रंगकर्मी तथा निर्देशक पुष्पराज अवस्थीले गरेका थिए । निर्देशक अवस्थी एक दशक देखि काठमाडौंमा रंगमञ्च, टेलिभिजन तथा चलचित्र क्षेत्रमा सक्रिय रहेका छन् । उक्त नाटकमा सुनिल पन्तको कोरियोग्राफी÷सहायक निर्देशन थियो भने एभरेष्ट एकेडेमीका दश जना विद्यार्थी भाईबहिनीहरुको अभिनय गरेका थिए ।
यस नाटकमा आशा भट्टराई, आर्या महरा, नेहा सिंह, सुनिता विष्ट, इशा गोर्खाली, प्रिति ठाकुर, युवराज भट्टराई, निरज रावल, दिपक भट्टराई, र हेमन्त भट्ट आदिले कलाकारको रुपमा अभिनय गरेका थिए ।
बाल नाटक महोत्सव नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, शैली थिएटर र रुसी विज्ञान तथा सांस्कृतिक केन्द्र काठमाडौंद्वारा संयुक्त रुपमा आयोजना गरिएको थियो ।
उक्त नाटक धनगढी तथा अत्तरिया क्षेत्रमा पुनः मञ्चन गर्ने तयारी भईरहेको एभरेष्ट एकेडेमीका प्राचार्य स्माईल चौधरीले बताए ।

थप सम्बन्धित समाचार
Follow
Us