फुलकुमारी रिटर्नस् (भिडियो सहित)

-कैलारी अनलाइन

बिहिवार, १७ पौष 3:08 PM

कैलाली, १७ पुस । थारु समुदायको नयाँ वर्ष तथा महान पर्व माघ र अंग्रेजी नयाँ वर्ष २०२० लाई लक्षित गरि फुलकुमारी रिटर्नस् आएको छ ।
हट एण्ड बोल्ड मोडल तथा गायिका अन्जु कुश्मी पुनः फुलकुमारी रिटर्नस् लिएर आइएकी छिन् । फुल कुमारीलाई साथ दिएका छन् चर्चित मोडल तथा गायक राज कुश्मी र देवदास ।
मोहन दहितको शब्दमा मोहन दहित र गणेश चौधरीको संगीत रहेको छ । गीतमा स्वर राज र अन्जु कुश्मीको रहेको छ । अंशुमान चौधरी प्रोड्यूसर रहेको भिडियो आरकेसी यूट्यूब च्यानलबाट सार्वजनिक भएको छ ।
भिडियोको डाइरेक्सन सुरज कुशुम्याले गरेका छन् भने भिडियो एडिट रामु चौधरीको रहेको छ । भिडियो बजारमा आएसंगै थारु समुदायको नया वर्ष तथा महान पर्व माघमा धमाका पिट्ने निर्माण पक्षले जनाएको छ ।

थप सम्बन्धित समाचार
Follow
Us