प्रधानमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्छ : भीम रावल

-कैलारी अनलाइन

बुधवार, १२ फाल्गुण 10:56 AM

कैलाली, १२ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तुरुन्त प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।
बुधवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता रावलले प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने बताए ।
‘जनताको पक्षमा सर्वोच्चले फैसला गरेको छ,’ नेता रावलले भने, ‘नैतिकताको आधारमा राजीनामा दिनुपर्छ तर ओलीले त्यसरी राजीनामा दिँदैनन्, १३ दिनभित्रै संसद शुरू हुन्छ, हामीले संसद्बाटै ओलीलाई कारवाही गर्छाैं ।’

थप सम्बन्धित समाचार
Follow
Us