पुरुष तर्फ वडा नम्बर १ र ६ फागुन ९ गते उपाधिका लागि भिड्ने, महिला तर्फ वडा नम्बर ९ फाइनल प्रवेश

-कैलारी अनलाइन

सोमवार, ३ फाल्गुण 6:44 PM

हसुलिया, ३ फागुन । कैलालीको कैलारी गाउँपालिका–३ स्थित उत्तर भडरीमा जारी तेस्रो अध्यक्ष कप रनिङ्ग खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार ३ खेल सम्पन्न भएको छ ।
पुरुष तर्फ भएको सेमीफाइनल खेलमा वडा नम्बर १ विजयी भएको छ । वडा नम्बर १ ले वडा नम्बर ३ लाई शुन्यको विरुद्ध २ गोल गर्दै विजयी भएको हो । वडा नम्बर १ का सुरेश चौधरी र सुरज चौधरी १÷१ गोल गरेका थिए । यो संगै वडा नम्बर १ फाइनलमा प्रवेश गरेको मिडिया संयोजक मिशन चौधरीले जानकारी दिए । फाइनल खेल वडा नम्बर १ र वडा नम्बर ६ बिच यहि फागुन ९ गते हुने जनाइएको छ ।
त्यस्तै महिला तर्फ भएको सेमी फाइनल खेलमा वडा नम्बर ९ विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।


वडा नम्बर ४ बीच भएको खेलमा निर्धारित समयमा दुबै तर्फबाट गोल हुन नसकि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा वडा नम्बर ९ ले ४ गोल मार्दै विजय भएको हो भने वडा नम्बर ४ ले ३ गोल फर्काएको थियो ।
वडा नम्बर ९ की दिपा चौधरी, भागरथी चौधरी, करुणा चौधरी र राधा चौधरी गोल गरेका थिए । भने वडा नम्बर ४ की एलिना चौधरी, मोनिका चौधरी र अनिता चौधरी १÷१ गोल गरेका थिए । यो संगै महिला तर्फ वडा नम्बर ९ फाइनल प्रवेश गरेको मिडिया संयोजक चौधरीले जानकारी दिए ।
महिला तर्फ अर्को खेलमा वडा नम्बर २ ले वडा नम्बर ३ लाई शुन्यका विरुद्ध ५ गोल गर्दै सेमी फाइनल प्रवेश गरेको छ ।
वडा नम्बर २ की खेलाडी किरण चौधरी ३ गोल गर्दै ह्याट्रिक गरेकी थिइन् भने सरस्वती चौधरी २ गोल गरेकी थिइन् ।
कैलारी गाउँपालिका कार्यालयको सहयोगमा कैलारी स्मार्ट समन्वय युवा क्लबले प्रतियोगिताको आयोजना गरेको हो ।

थप सम्बन्धित समाचार
Follow
Us