‘परदेशिया सजना’ मा वाहवाही पाउँदै नरेश र सविना

-कैलारी अनलाइन

बिहिवार, २९ माघ 9:02 PM

कैलाली, २९ माघ । मन लागेन थारु म्युजिक भिडियोबाट चर्चा कमाएका नेरेश चौधरी पुनः दर्शकहरुबाट वाहवाही पाइ रहेका छन् ।
उनको नयाँ थारु म्युजिक भिडियो ‘परदेशिया सजना’ सार्वजनिक भएसंगै उनी दर्शकदिर्घाबाट पुनः वाहवाही पाइरहेका छन् । उनको एक्टिङ्ग, परफोमेन्स भिडियोको कथा बस्तुलाई लिएर उनको चर्चा चुलिए संगै पुनः उनले दर्शकहरुबाट वाहवाही पाइरहेका हुन् । आरकेसी डिजिटलबाट सार्वजनिक भएको परदेशिया सजना बोलको गीतमा नरेश र सविना महतोको अभिनय रहेको छ ।
समीक्षा चौधरी र खेम चौधरीको स्वर रहेको गीतलाई श्याम चौधरीले लेखेका छन् । गीतमा श्यमाकै संगीत रहेको छ भने गणेश चौधरीले अरेन्ज गरेका छन् । गीतको भिडियोलाई सुरजदेव कुसुम्याले निर्देशन गरेका छन् भने रामु चौधरीले छायांकन तथा सम्पादन गरेका छन् ।

थप सम्बन्धित समाचार
Follow
Us