नेपाली गोविन्दा मुकुन्द भए रितुको दिवाना (भिडियो सहित)

-कैलारी अनलाइन

शनिवार, १ चैत्र 12:31 PM

कैलाली, १ चैत्र । बलिउडका चर्चित नायक गोविन्दाको उपमा पाएका मुकुन्द जिसी र मोडल रितु चौधरीको नयाँ थारु म्युजिक भिडियो ‘दिवाना दिवाना’ सार्वजनिक भएको छ ।
नेपाली तथा थारु कलाकारिता क्षेत्रमा नेपाली गोविन्दाको रुपमा चिनिएका मुकुन्द जिसी बलिउड हिरो गोविन्दाको कपी डान्स गर्न सक्छन् । म्युजिक भिडियो ‘दिवाना दिवाना’ मा पनि मुकुन्दले थारु पहिरनमा गोविन्दाको स्टाइलमा डान्स गरेका छन् ।
सुधराम दहितको निर्देशन रहेको भिडियो महेश चौधरीले छायांकन तथा सम्पादन गरेका छन् । सुकदेव चौधरीको शब्द रहेको यस् गितको अडियोमा गणेश चौधरीले संगीत भरेका छन् । गीतमा श्रीनिवास थारु र अनु चौधरीको स्वर रहेको छ ।

थप सम्बन्धित समाचार
Follow
Us