धनगढी कि छोरी (भिडियो सहित)

-कैलारी अनलाइन

आइतवार, १६ कार्तिक 10:44 AM

धनगढी, १६ कार्तिक । सिएस फिल्मस् प्रालिले आफ्नो अधिकारिक यूट्यूब च्यानल सिएस फिल्मबाट नेपाली म्युजिक भिडियो ‘धनगढी कि छोरी’ बजारमा ल्याएको छ ।
थारु तथा नेपाली म्युजिक भिडियो, फिचर फिल्म, डकुमेन्ट्री लगायत विभिन्न किसिमका भिडियो निर्माणगरि दर्शक समक्ष ल्याउदै गरेको प्रालिले पछिल्लो समय ‘धनगढी कि छोरी’ नेपाली म्युजिक भिडियो बजारमा ल्याएको हो ।
‘धनगढी कि छोरी’ ल्याएसंगै दर्शकले म्युजिक भिडियोलाई बढी रुचाइरहेका छन् । म्युजिक भिडियोमा बिना रोकायाले मोडलिङ्ग गरेकी छिन् । मोहन दहितको शब्द संगीत रहेको गीतमा गायिका मनिषा राईले स्वर दिएकी छिन् । मौसम बिष्टको डाइरेक्सन रहेको भिडियोको छायांकन र एडिटिङ्ग सतिश सिन्हाको रहेको छ ।

थप सम्बन्धित समाचार
Follow
Us