धनगढी उपमहानगरपालिकाद्वारा विद्यालय सञ्चालन गर्न अनुमति

-कैलारी अनलाइन

सोमवार, ८ मंसिर 5:31 PM

धनगढी, ८ मंसिर । धनगढी उपमहानगरपालिकाले नगरभित्रका विद्यालयलाई पठनपाठनको अनुमति दिएको छ । उपमहानगरपालिकाले आइतबार सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई पत्राचार गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पठनपाठन सञ्चालन गर्न अनुमति दिएको हो ।
पत्राचारमा उपमहानगरपालिकाले विद्यालय सञ्चालन कार्यढाँचा २०७७ अनुसार संक्रमणको जोखिम, विद्यार्थी संख्या, भौतिक पूर्वाधारलाई हेरेर ७ वटा विकल्पको प्रयोग गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न भनिएको छ ।
उपमहानगरपालिकाले दिएका विकल्पमा सबै विद्यार्थी राखेर कक्षा एकै समयमा सञ्चालन गर्ने, अलग–अलग सिफ्टमा कक्षा तथा तह सञ्चालन गर्ने, विद्यालय खुल्ने तथा कक्षा सञ्चालनको अवधि छोट्याउने, अवस्था हेरी तल्ला कक्षालाई पहिले वा माथिल्लो कक्षाका विद्यार्थीलाइ पहिले जोखिम र अवस्था हेरी सञ्चालन गर्ने पत्रमा उल्लेख गरिएको छ ।

थप सम्बन्धित समाचार
Follow
Us