धनगढीमा मेयर, उप–मेयर प्याब्सन कप सुरु

-कैलारी अनलाइन

मङ्गलवार, ३ चैत्र 5:35 PM

धनगढी, ३ चैत । धनगढीमा मंगलबार देखि मेयर, उप–मेयर प्याब्सन कप छात्रछात्रा प्रतियोगिता सुरु भएको छ ।
संघीय प्रहरी ईकाइ कार्यालय धनगढीको खेल मैदानमा सुरु भएको प्रतियोगितको धनगढीका नगर प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्रले भब्य समारोहका बिच उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले राष्ट्रका लागि, स्वास्थ्यका लागि मात्रै नभएर समाजका लागि पनि खेलकुद आवश्यक रहेको बताए । खेलाडी अनुशासित हुन्छन् हुन्छन् नगरप्रमुख वडले भने, ‘जुन समाजमा खेलाडी छन् त्यो समाज नै अनुसाशित हुन्छ ।’
मेयर, उप–मेयर प्याब्सन कप छात्रछात्रा प्रतियोगिताले निरन्तरता पाउने नगरप्रमुख वडले बताए । उनले भने, अव नीजि संगै सामुदायीक विद्यालयका विद्यार्थीको पनि प्रतियोगितामा सहभागिता गराउनुपर्छ ।’
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले हरेक क्रियाकलापहरुमा छात्रा र छात्राको सहभागिता महत्वपूर्ण हुने बताईन । अहिले आयोजना गरेको मेयर, उप–मेयर प्याब्सन कप छात्रछात्रा प्रतियोगिताले समाजको धारणामा परिवर्तन ल्याउन सहयोग पु¥याउने छ उप–प्रमुख भट्टले भनिन्, छात्राले पनि खेलमा प्रतिसपर्धा गर्न सक्दछन् भन्ने सन्देश यसले दिने छ ।’ उप–प्रमुख भट्टले प्रतियोगितामा सहभागिलाई धन्यवाद दिदै कार्यक्रम सफलताको शुभकामना दिईन ।
क्यानका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरी रेग्मीले मेयर, उप–मेयर प्याब्सन कप छात्रछात्रा प्रतियोगिताका लागि सहयोग गर्ने धनगढी उप–महानगरपालिका र आयोजना गर्ने धनगढी प्वाब्सनलाई धन्यवाद दिए । बाटो घाटो निर्माणलाई मात्रै विकास मानिदैन अध्यक्ष रेग्मीले भने, ‘धनगढी उप–महानगरपालिकाले पूर्वाधारका साथै खेलकुल, सामाजिक क्षेत्रमा पनि राम्रो काम गरेको छ ।’ सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिष्टार डाक्टर हेमराज पन्तले धनगढीले खेलकुदका क्षेत्रमा छुट्टै पहिचान बनाउन सकेको बताए । कार्यक्रममा सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिष्टार डाक्टर हेमराज पन्त, पूर्व शिक्षा निर्देशक नन्दराज पन्त लगायतलाई सम्मान गरिएको थियो । प्रतियोगिता चैत १२ गते सम्म चल्ने छ ।

थप सम्बन्धित समाचार
Follow
Us