धनगढीबाट पे्रमराज र लुना मिस्टर एण्ड मिस थारुका लागि छनौट

-कैलारी अनलाइन

बुधवार, २८ माघ 7:11 PM

कैलाली, २८ माघ । तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को अडिसन धनगढीमा सम्पन्न भएको छ ।
वाइएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित यस प्रतियोगिताको पहिलो चरणमा धनगढी स्थित थारु छात्रबासमा सम्पन्न भएको हो । जजहरुमा युवा अभियन्ता ठाकुर करिया प्रधान, गायक राजु चौधरी (राज), नायक संगत थारु, सामाजिक अभियन्त सानु चौधरी, कोअर्डिनेटर देवित महतो लगायत रहेका थिए ।
अडिसनबाट प्रेम राज उमार र लुना चौधरी छनौट भएका छन् । अडिसन पश्चात छनौट भएका प्रतिस्पर्धीहरुलाई काठमाण्डौंमा २५ दिनसम्म विभिन्न विधामा प्रशिक्षण दिइने छ । प्रतियोगिताको फाइनल चितवनको सौराहामा चैत्र ७ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरु प्राप्त गर्ने जनाएको छ ।

थप सम्बन्धित समाचार
Follow
Us