कैलाली, ७ माघ । नेपाली सिने जगतका चकलेटी हिरो पल शाह र गरिमा शर्माको मुख्य मोडलिङ्ग रहेको थारु म्युजिक भिडियो ‘दिन गिन गिन’ सार्वजनिक भएको छ ।
यस अघि ‘पहाडी बठिनिया’ पल र वर्षा रावतको जोडीलाई खुब रुचाइएका दर्शकहरुले नयाँ म्युजिक भिडियो आएसंगै उनीहरुको नयाँ जोडी ‘पल र गरिमा’ को अभिनयलाई पनि खुब मन पराएका छन् । शब्द संगीत गायक नरेश जोगीको रहेको गीतमा स्वर नरेश जोगी र अन्नु चौधरीको रहेको छ ।


म्युजिक भिडियो सार्वजनिक भएसंगै नायक शाहले आफ्नो अफिसियल यूट्यूब च्यानल मार्फत सबै दर्शकहरुलाई ‘रामराम’ भन्दै भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला है भन्दै मन परेमा लाइक सेयर पनि गर्न अनुरोध गरेका छन् ।
यस पछि नायश शाह र शर्माको थारु म्युजिक भिडियो मेरी थरुनी पनि चाँडै सार्वजनिक हुने जनाएको छ ।