थारु भाषाको चलचित्र ‘बिरा’ को छायाङ्कन सुरु

-कैलारी अनलाइन

बुधवार, ७ माघ 11:29 AM


धनगढी, ७ माघ । थारु भाषाको चलचित्र ‘बिरा’ को छायाङ्कन कार्य मंगलबारदेखि सुरु भएको छ । कञ्चनपुरबाट बिराको छायाङ्कन कार्य सुरु गरिएको हो ।

पहिलो दिन कृष्णपुर नगरपालिका–६ को सिङ्पुरमा छायाङ्कन गरिएको चलचित्रका निर्देशक सुधराम दहितले जानकारी दिए । उनका अनुसार थारु समुदायका मौलिक संस्कृतिको संरक्षण एवम् प्रवद्र्धन गर्ने उद्देश्यले हमार म्युजिक बगियाको ब्यानरमा सो चलचित्र निर्माण गरिदैंछ ।

चलचित्रमा वीर चौधरी, समु चौधरी, देवदास चौधरी, मोनिका चौधरी, विनय वैद्यको मुख्य भूमिका रहेको छ । विनय भिलेनको भूमिका देखिने जनाइएको छ । यसैगरी, फेरु चौधरी, आयशा चौधरी र सत्य नारायण ‘फेटारा’ को हाँस्य अभिनय रहने दहितले पश्चिम टुडेलाई जानकारी दिए । चलचित्रको स्क्रिप्ट लेखन सुवेश कठरियाले गरेका छन् । उनले लेखेको थारु भाषाका थुप्रै गीतहरु अत्यधिक रुचाइएका छन् ।

यो चलचित्रको छायाङ्कन कैलाली, कञ्चनपुर र बर्दियामा गरिने निर्देशक दहितले जानकारी दिए । आउँदो नयाँ वर्षसम्म छायाङ्कनको काम सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए । प्रेम कहानीमा आधारित रहेको चलचित्रमा कमेडीको पनि मजा लिन पाइने जनाइएको छ ।

थप सम्बन्धित समाचार
Follow
Us