थारु बालगीत ‘उक्रुङ्ग बुक्रुङ्ग’ अब भिडियोमा पनि आउँदै

-कैलारी अनलाइन

बुधवार, ५ कार्तिक 8:27 PM

कैलाली, ५ कार्तिक । सोमसोनिनको प्रस्तुती रहेको थारु भाषाको पहिलो बालगीत अब अफिसियल भिडियो मार्फत पनि आइरहेको छ ।
थारु बालबालिकाहरुले अत्यधिक रुचाइएको बालगीत भिडियोमा पनि आइरहेको हो । हमार म्युजिक बगियाको अफिसियल युट्यूब च्यानल मार्फत आइरहेको बालगीतको भिडियो यहि कार्तिक ७ गते एक कार्यक्रमका बिच बिमोचन हुने जनाइको छ । भिडियोमा मनिष थारू, श्रविना चौधरी, ऋष्टिना चौधरी, सानु चौधरी, ब्रेभिया चौधरी लगायतको अभिनय रहेको छ ।
शब्द संकलन इन्दु थारूको रहेको गीतमा संगीत संयोजन सि.एल चौधरीको रहेको छ । गीतमा बाल कलाकार मनिष थारू र अमृता चौधरीले स्वर भरेका छन् ।

थप सम्बन्धित समाचार
Follow
Us