थारु कल्चर म्युजिक भिडियो ‘ए हो मोर धानी’ सार्वजनिक (भिडियो सहित)

-कैलारी अनलाइन

बुधवार, २८ आश्विन 9:16 AM

कैलाली, २८ असोज । केही समय अगाडी थारु आधुनिक गीत संगीत तथा म्युजिक भिडियो निर्माणमा जुटेका थारु कलाकार आजभोलि थारु लोक सांस्कृतिक गीत संगीत तथा म्युजिक भिडियो निर्माणमा अग्रसर भएका छन् ।
आजभोलि थारु लोक सांस्कतिक गीत संगीत निर्माण भएसंगै म्यजिक भिडियो पनि लोक संस्कृति झल्कने गरि निर्माण भइरहेको छ । खास गरि यस बेला दशै तथा दिपावलीलाई लक्षित गरि थारु लोक सांस्कृति म्युजिक भिडियो धमाधम बजारमा आइरहेको छ । यो संगै शुलभ फिल्मस् प्रालि धनगढीले पनि दशै तथा दिपावलीलाई लक्षित गरि दर्शकहरुका लागि आज बुधबार ‘ए हो मोर धानी’ भन्ने बोलमा निर्माण भएको कल्चरल म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
शुलभ फिल्मस्को पोष्ट प्रा्ेडक्सन रहेको म्युुजिक भिडियोमा जगत गुरु, रितुु चौधरी र धनीराम चौधरीको मोडलिङ रहेको छ । शब्द संगीत गणेश चौधरी र समीक्षा चौधरीको गीतमा पनि स्वर गायकद्वयको रहेको छ । म्यजिक भिडियो चन्द्रा चौधरी (चाँद) ले गरेका छन् भने छायांकन दयाशंकर चौधरीको रहेको छ । म्युजिक भिडियो मुन्ना लभकुश्मीले कोरियोग्राफी गरेका छन् ।

थप सम्बन्धित समाचार
Follow
Us