थारुमाथि सरकारको दास मानसिकता : थारु अगुवा

-कैलारी अनलाइन

शनिवार, १ फाल्गुण 5:24 PM

कैलाली, १ फागुन । आफ्नो हक अधिकारको माग गर्दा सरकारले जेल कैद गर्नुका साथै दासत्व मानसिकताका साथ जन्जिर लगाएर उपचारमा पठाउनु सिंगो थारु माथि दासता लाडेको थारु नेता तथा अगुवाहरुले बताएका छन् ।
शनिबार घनगढीमा भएको थरुहट थारुवान राष्ट्रिय मोर्चाको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । टीकापुर घटनापछि सांसद रेशम चौधरी जेल भित्रै गम्भिर विरामी हुँदा राज्य पक्षले उनीमाथि दास मानसिकताका साथ जन्जिर लगाएर उपचार भएको प्रशंगलाई लिएर थारु अगुवा ठाकुर करियाप्रधानले बताए ।
‘राज्यले हामीमाथि सिंगो क्षेत्र जस्तै कृषि, स्वाथ्य, शिक्षा लगायतको ठाउँमा दासत्व लाडेको छ । जब जब किसानलाई मल चाहिन्छ, त्यति बेला अभाव हुन्छ र किसान महंगोमा किन्न बाध्य हुनु त्यो पनि दासत्व हो ।’
त्यसै गरि राना थारु समुदायका अगुवा विद्दु रानाले यहाँका सासकहरुले विभिन्न प्रलोभनमा राना थारुहरुको जग्गा सबै हडपी सकेको बताए । राज्यले रानाथारुलाई लोप बनाउने रणनीतिकासाथ हामीमाथि दासत्व लाडिरहेको उनको तर्क थियो ।
यस्तै थारु महिला सभाका जिल्ला अध्यक्ष दुर्गा कुश्मीले थारु महिला अबको आन्दोलनका शक्ति रहेको बताइएन् । उनले महिलाहरु व्यवस्थापकिय जिम्मेवारी मात्रै होईन नेतृत्वको जिम्मा निर्वाह गर्न तयार रहेको बताइृन् ।
अन्तरक्रिया कार्यक्रममा यहि फागुन १५ र १६ गते हुने समानता न्याय र अधिकारका लागि थरुहट थारुवान विशेष सम्मेलनलाई सफल पार्न धनगढी उपमहानगरपालिकामा तयारी समिति समेत गठन भएको छ ।
नगर स्तरिय कमितिको संयोजक गोठु चौधरी, सहसंयोजक लप्टेन चौधरी, सदस्य सचिवमा रामनारायण चौधरी रहेका छन् ।
त्यस्तै गरि सदस्यहरुमा क्रमशः रिञ्जन चौधरी, कुलबीर चौधरी, जगदिश चौधरी, रामबहादुर चौधरी, झरिलाल चौधरी, गोली बहादुर चौधरी, जयराम चौधरी, महेश चौधरी र विद्दु राना रहेका छन् ।
अन्तरक्रिया कार्यक्रममा पूर्व सांसद कृष्णा कुमार चौधरी, मोर्चाका जिल्ला संयोजक माधब थारु, थारु अगुवा प्रभात कुमार चौधरी लगायतको उपस्थिति रहेको थियो ।

थप सम्बन्धित समाचार
Follow
Us