डा. यज्ञवति राना रानाथारु समुदायकै पहिलो डाक्टर

-kailarionline

आइतवार, २७ जेठ 8:39 AM

कैलाली, २७ जेठ । धनगढी उपमहानगर पालिका वडा नं. ८ धनगढी गाउँका स्थानीय डा. यज्ञवति राना रानाथारु समुदायमै पहिलो डाक्टर बनेकी छन् ।
सम्भवतः डा. राना रानाथारु समुदायकै पहिलो डाक्टरका साथै लेडी डाक्टर बन्न सफल भएकी हुन् । बंगलादेशको राजधानी ढाका स्थित कुमुदीनी महिला मेडिकल कलेजबाट एमविविएस कोर्स सकाएपछि डा. राना रानाथारु समुदायमै पहिलो डाक्टरको उपाधि भिर्न सफल भएकी हुन् ।

 

डा. राना प्रदेश नं. ७ का प्रदेश सभा सदस्य मलामति रानाकी साइली छोरी हुन् । पढाईमा अब्बल डा. राना सानै देखि डाक्टर बन्ने सपना बुनेकी थिईन् । अन्नतः डा. राना आफ्नो नामको अगाडी डा. राख्न सफल भएकी हुन् ।
२०५० चैत्र २८ गते जन्मेकी डा. राना धनगढी स्थित एरिष्टो स्कुलबाट आफ्नो पढाई सुरु गरेकी थिईन् । त्यसपछि एसएलसी बेबिलोन नेशनल स्कुल काठमन्डौबाट प्रथम श्रेणीमा उतीर्ण गरि इन्टर पेन्टागन इन्टरनेशनल कलेज काठमन्डौंबाट नै पास गरेकी थिईन् ।

 

डा. राना एक वर्ष इन्टर्न सकाएर आफ्नै देश र समुदायको सेवामा खटिने बताएकी छन् । यता डा. राना रानाथारु समुदायको पहिलो डाक्टर भए संगै रानाथारु समुदाय गर्व र खुशी व्यक्त गरेका छन् । डा. रानाका बुवा भज्जी राना आप्mनो छोरी डाक्टर बन्नु भनेको रानाथारु समुदायकै गर्व गर्ने विषय रहेको बताएका छन् । यसका साथै आफ्नो छोरी रानाथारु समाजकै प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरेका छन् । पत्रकार भानुराम राना पनि डा. यज्ञवति राना रानाथारु समुदायमा पहिलो डाक्टर भएसंगै खुशी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन् ।

थप सम्बन्धित समाचार
Follow
Us