टीकापुर घटनाका सबै झुटा मुद्दा फिर्ता हुने : प्रचण्ड (भिडियो सहित)

-kailarionline

आइतवार, ५ आश्विन 5:11 PM

सुनसरी, ५ असोज । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर घटनाका सबै झुटा मुद्दा फिर्ता लिने सहमतिको खुलासा गरेका छन् ।
सुनसरीमा आइतबार आयोजित जितिया महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २०७२ भदौं ७ गते टीकापुरमा भएको घटनाको सबै झुटा मुद्धा फिर्ता हुने सहमतिको खुलासा गरेका हुन् । उनले त्यस विषयमा सैद्धान्तिक सहमति भइसकेको र मुद्दा खारेजीको प्रक्रिया समेत अगाडी बढेको जानकारी दिए ।
महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘कार्यक्रममा टीकापुर घटनाको सन्दर्भ आयो । टीकापुर घटनामा जे भएको छ, अस्ति भर्खरै हामीले बालुवाटारमा यो विषयमा छलफल गरेर सबै झुटा मुद्दा खारेज गर्नुपर्छ भनेर सैद्धान्तिक सहमति गरेका छौं । सबै मुद्दा खारेज भएर थारु बन्दी रिहा हुन्छन् भन्ने विश्वास म यहाँहरुलाई दिलाउन चाहन्छु ।’
टीकापुर घटनाको योजनाकारको आरोपमा जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय सुनाएका सांसद रेशम चौधरीतर्फ संकेत गर्दै प्रचण्डले भने,‘जनताको मतबाट जितेका माननीयहरूलाई ससम्मान बाहिर ल्याउने वातावरण हुन्छ भन्नेमा म विश्वस्त छु ।’ चौधरीले भूमिगत अवस्थामै कैलाली–१ बाट प्रतिनिधिसभा चुनावमा जितेका थिए । चुनाव जितेपछि आत्मसमर्पण गरेका चौधरीले जेलमै रहेको अवस्थामा सांसदको सपथ खाए पनि अदालतले जन्मकैदको फौसला गरेको थियो ।

Posted by क. प्रचण्ड / Comrade Prachanda on Sunday, September 22, 2019

थप सम्बन्धित समाचार
Follow
Us