कोभिड डिफेन्स अवार्डबाट युवा व्यवसायी ओझा सम्मानित

-कैलारी अनलाइन

शुक्रवार, १२ मंसिर 12:41 PM

धनगढी, १२ मंसिर । उद्योग वाणिज्य संघ कैलालीका वरिष्ठ उपाध्यक्ष एवम् युवा समाजसेवी पुष्कर ओझा कोभिड डिफेन्स अवार्डबाट सम्मानित भएका छन् ।
उनलाई फोकस नेपालले ‘कोभिड डिफेन्स अवार्ड २०२०’ सम्मानित गरेको हो । विश्वव्यापी कोरोना महामारीको कहर सुदूरपश्चिममा समेत फैलिएपछि ओझाले स्थानीय समाजसेवीको सहकार्यमा भारतबाट नेपाल आउने नेपाली दाजुभाइ–दिदीबहिनीको खानपान, आवतजावत र आइसोलेसनका लागि व्यवस्थापनमा सक्रिय भूमिका निभएका थिए ।
ओझाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनामा पनि भूमिका निर्वाह गरेका थिए ।

थप सम्बन्धित समाचार
Follow
Us