कैलालीमा मास्क लगाउन अनिवार्य

-कैलारी अनलाइन

मङ्गलवार, २४ चैत्र 5:46 PM

धनगढी, २४ चैत । धनगढीमा संकट व्यवस्थापन केन्द्र कोभिड १९ को बैठक सम्पन्न भएको छ । मंगलवार जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको बैठक सम्पन्न भएको हो ।
स्वास्थ्य सगठनले निकालेको सूचनालाई आम जिल्ला बासिलाई पालना गर्न लगाउने विषयमा निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । नयाँ वर्ष आइरहँदा सीमा नाका भएर आउने नेपाली नागरिकहरू लाई कसरी चेकजाँच गर्ने पोजेटिभ देखिएकाहरू लाई कसरी व्यवस्थापन गर्न भन्ने छलफल भएको थियो ।
उनले जिल्लाका सबै पालिकालाई विगतका आइशुलेशन र क्वारेनटाइन चालु अवस्थामा राख्न आग्रह गरिएको बताए । घरबाहिर निस्कँदा मास्क नलगाउने नागरिकहरू लाई ठाउको ठाउँ कारबाही गर्न उनले जानकारी दिए । ‘सार्वजनिक सवारी साधनमा स्यानिटाइजर र मास्कको व्यवस्था गर्नुपर्ने’,उनले भने–‘प्रहरी मार्फत चेकजाँच गर्न लगाउन यदि मास्क र सेनिटाइजरको व्यवस्था नगरिएको पाएमा कारवाही गछौ ।’ बैठकमा स्थानीय तह,सुरक्षा निकायका प्रमुख र यातायात व्यवस्था कार्यालयका प्रमुखको सहभागिता रहेको थियो ।

थप सम्बन्धित समाचार
Follow
Us