कैलालीमा औद्योगिक क्षेत्र फस्टाउँछ : मन्त्री भट्ट

-कैलारी अनलाइन

शनिवार, ६ मंसिर 4:38 PM

कैलाली, ६ मंसिर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कैलालीमा औद्योगिक क्षेत्र फस्टाउँदै जाने बताएका छन् ।
कोरोनाका कारण प्रभावित यस क्षेत्रमा औद्योगिक विकास विस्तारै फस्टाउँदै जाने बताएका हुन् । उनले कैलालीको टीकापुरमा रहेको खाद्य गोदामको शनिबार अवलोकन गर्दै औद्योगिक क्षेत्रको विकासमा सरकारले उच्च प्राथमिता दिएको जानकारी दिए । उनले टीकापुरमा मैदा कम्पनी र बर्दियाको राजापुरमा चिउरा मिल सञ्चालन गर्ने तयारी भइरहेको बताए ।
“लम्की, टीकापुर, नारायणपुर, खक्रौलासँगै हुलाकी सडक जोडिएकाले यहाँको उद्योग व्यापार फस्टाउने छ । यसमा पनि यस क्षेत्रमा सार्वजनिक जग्गाको पनि कमी छैन, “मन्त्री भट्टले भने, “सडक सञ्जाल अव्यवस्थित भएकाले व्यवस्थित गर्न जरुरी छ । सडक व्यवस्थित भए टीकापुर क्षेत्रको सम्भावना धेरै छ ।”
कार्यक्रममा टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरमा फ्लोर मिल र औद्योगिक क्षेत्र सञ्चालन गर्न आग्रह गरेका थिए ।

थप सम्बन्धित समाचार
Follow
Us