कैलालीको दक्षिणपूर्वी क्षेत्र जलमग्न, ३ जना बेपत्ता (फोटो फिचर)

-कैलारी अनलाइन

बुधवार, १४ साउन 5:43 PM

धनगढी, १४ साउन । कैलालीको विभिन्न नदीमा आएको बाढी बस्तीमा पसेपछि दक्षिणपूर्वी क्षेत्र जलमग्न भएको छ । यस्तै सयौँ घर डुबानमा परेका छन भने ३ जना वेपत्ता भएका छन् ।
जिल्लाको भजनी नगरपालिकाका फरक–फरक ठाउँमा ३ जना वेपत्ता भएका हुन । सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण हेडक्वाटर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक कमल प्रसाद तिमिल्सीना अनुसार ११ बर्षीय बालक स्केल चौधरी, ३३ बर्षिय चक्र बिक, ४० बर्षिय ईश्वर शाह बेपत्ता भएका बताए ।
त्यस्तै भजनीकै हेमन्त शाह र बिक्कि शाहको सकुसल उद्धार गरीएको उहाले जानकारी दिए ।

थप सम्बन्धित समाचार
Follow
Us