कांग्रेसद्वारा शिवराजको ११ वटै वडामा विरोध प्रर्दशन

-कैलारी अनलाइन

शुक्रवार, ९ माघ 12:22 PM

राम अवतार चौधरी
कपिलवस्तु, ९ माघ । कपिलवस्तुको शिवराज नगरपालिलको ११ वटै वडामा नेपाली कांग्रेस शिवराज नगर समितिले बिहीबार विरोध प्रर्दशन गरेको छ । संसद विघटनको विरुद्ध देशव्यापी प्रर्दशन गर्दै आएको कांग्रेसले केन्द्रको निर्देशन अनुसार नगरपालिकाको ११ वटै वडाहरुमा विरोध प्रर्दशन गरेको नगर समितिले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदम विरुद्ध कांग्रेस शिवराजले नगरका प्रत्येक वडामा दुई दुई जना प्रतिनिधि तोकेको थियो बताईएको छ । वडा नं. १ मा वडा सभापति चुमान सिंह रोकाको सभापतित्व र युवा नेता अजय थापाको संयोजकत्वमा र नेता नारायण ज्ञवालीको सहसंयोजकत्वमा विरोध प्रर्दशन गरिएको छ । वडा न २ मा सभापति प्रकास न्यापानेको सभापतित्व र पुर्व क्षेत्रीय सभापति भवनराज पौडेललको संयोजकत्वमा विरोध प्रर्दशन भएको संयोजक तथा युवा नेता थापाले जानकारी दिए ।

वडा न ३ र ४ मा वडा सभापति गंगाधर भटटराईको सभापतित्व, महाधिवेशन प्रतिनिधि कृष्ण प्रसाद पौडेल र महाधिवेशन प्रतिनिधि प्यार मोहम्मद मिंयाको संयोजकत्व र सचिव सनिउल्ला धोवीको संचालनमा सम्पन्न भएको हो । खरेन्द्रपुरमा भएको कार्यक्रममा नेपाल विधार्थी संघका जिल्ला सचिव राजु खराल, वडा न ४ का सभापति संदिप यादव लगाएतले सम्वोधन गरेका थिए । वडा न ५ मा वडा सभापति देविलाल गैरेको सभापतित्व , जिल्ला सदस्य रामचरित्र मौर्यको संयोजकत्व र क्षेत्रीय सचिव कमल केशिको सहसंयोजकत्वमा कार्यक्रम सम्पन्न भएको नगर सभापति मधुसुदन पोख्रेलले वताए ।

यस्तै वडा न ६ मा वडा सभापति राम मिलन चौधरीको सभापतित्व, जिल्ला सदस्य हरिप्रसाद पोख्रेलको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो । यस्तै वडा न ७ मा वडा सभापति गौरी रैदाशको सभापतित्व र क्षेत्रीय प्रतिनिधि जमसेर अली मिंयाको संयोजकत्वमा कार्यक्रम भएको छ । वडा न ८ मा गंगाराम क्षेत्रीको सभापतित्व, पुर्व जिल्ला सचिव विनोद नेपालको संयोजकत्वमा विरोध प्रर्दशन भएको नगर सभापति पोख्रलले जानकारी दिए । यता वडा न ९ मा वडा सभापति हरिप्रसाद श्रेष्ठको सभापतित्व , जिल्ला सचिव प्रेम वहादुर रायमाझीको संयोजकत्वमा विरोध सम्पन्न भएको थियो ।

विरोध प्रर्दशन पछि भएको शभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अभिषेक प्रताप शाहले प्रधानमन्त्री ओलीको संसद विघटनको कदम असंवैधानिक भएको बताए । वडा नं १० मा वडा सभापति गोपाल वहादुर रायमाझीको सभापतित्व, जिल्ला सदस्य हुमाकान्त खनालको संयोजकत्वमा कार्यक्रम भएको छ ।
त्यसैगरी वडा नं ११ मा वडा सभापति नगेन्द्रमान गिरीको सभापतित्व, महासमिति सदस्य ईश्वरी प्रसाद पाण्डेको संयोजकत्वमा र नगर सभापति मधुसुदन पोख्रेलको सहसंयोजकत्वमा कार्यक्रम सम्पन्न भएको छ । शिवराज नगरपालिकामा प्रधानमन्त्री ओलीको कदम विरुद्ध उत्साहमय विरोध प्रर्दशन भएको कांग्रेस नेता तथा महासमिति सदस्य ईश्वरी प्रसाद पाण्डेले जानकारी दिए ।

थप सम्बन्धित समाचार
Follow
Us