उपाधिका लागि महिला तर्फ वडा नम्बर २ र ९ बिच प्रतिस्पर्धा हुने

-कैलारी अनलाइन

मङ्गलवार, ४ फाल्गुण 3:05 PM

हसुलिया, ४ फागुन । कैलालीको कैलारी गाउँपालिका–३ स्थित उत्तर भडरीमा जारी तेस्रो अध्यक्ष कप रनिङ्ग खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार १ खेल सम्पन्न भएको छ ।
महिला तर्फ भएको सेमीफाइनल खेलमा वडा नम्बर २ ले शुन्यका विरुद्ध ३ गोल गर्दै फाइनल प्रवेश गरेको छ । वडा नम्बर ७ बिच भएको खेलमा वडा नम्बर २ की खेलाडी किरण चौधरी, सरस्वती चौधरी र सारदा चौधरी १÷१ गोल गरेका थिए । फाइनल प्रवेश गरेसंगै उसले फागुन ९ गते वडा नम्बर ९ को टोलीसंग भिर्ने प्रतियोगिताका मिडिया संयोजक मिशन चौधरीले जानकारी दिए ।
यस्तै सोमबार पुरुष तर्फ भएको सेमीफाइनल खेलमा वडा नम्बर १ विजयी भएको थियो । वडा नम्बर १ ले वडा नम्बर ३ लाई शुन्यको विरुद्ध २ गोल गर्दै विजयी भएको हो । वडा नम्बर १ का सुरेश चौधरी र सुरज चौधरी १÷१ गोल गरेका थिए । फाइनल खेल वडा नम्बर १ र वडा नम्बर ६ बिच हुने जनाइएको छ ।
यसै बिच भोलि फागुन ५ गते देखि भलिबल प्रतियोगिता पनि सुरु हुने जनाइएको छ । भलिबल प्रतियोगिताका लागि १० टीमको सहभागिता रहेको छ । त्यस्तै फागुन ६ गते वृहत रक्तदान कार्यक्रम र ब्याटमिन्टन प्रतियोगिता पनि सञ्चालन हुने जनाएको छ । ब्याटमिन्टनका लागि १६ टीमको सहभागिता रहेको छ ।
कैलारी गाउँपालिका कार्यालयको सहयोगमा कैलारी स्मार्ट समन्वय युवा क्लबले प्रतियोगिताको आयोजना गरेको हो ।

थप सम्बन्धित समाचार
Follow
Us