आमाछोराको उपचारका लागि इसेवा र मोबाइल बैकिङ्ग मार्फत सहयोग गर्न सकिने

-कैलारी अनलाइन

बुधवार, २९ पौष 3:46 PM

धनगढी, २९ पुस । आगोमा जलेर घाइते भएका कैलालीका आमा छोराको आर्थिक कारणले उपचार हुन सकेको छैन । तर उनीहरुको उपचारका लागि अब इसेवा र मोबाइल बैकिङ्ग सेवा मार्फत सहयोग गर्न सकिने छ । उनीहरुलाई सहयोगका लागि कल्पना र आर्यन चौधरीको नाममा क्यूआर कोड बनाइएको छ । जसलाई स्क्यान गरि इसेवा र कुनै पनि बैंकबाट मोबाइल बैकिङ्ग सेवा मार्फत सहयोग गर्न सकिने इसेवा कैलालीका संयोजक कमल बमले बताए ।


आर्थिक अभावका कारण २७ वर्षीया अल्पनादेवी चौधरी र उनका एक वर्षीय छोरा आर्यनको उपचार हुन नसकेको छैन । उनीहरु घोडाघोडी नगरपालिका–७ करैचा गाउँका हुन् ।
डेढ हप्ता अगाडि काखमा छोरा लिएर आगो ताप्ने क्रममा एक्कासी बेहोस भएर अल्पना छोरासहित आगोमा खसेकी थिइन् । आगोले पोलेर आमा छोरा दुवै जना घाइते छन् । अल्पनाको दुवै हात र एक वर्षीय उनको छोराको टाउको जलेको छ । तर, परिवारको आर्थिक समस्याका कारण उपचार गराइएको छैन ।
आगोमा खसेर शरिरको विभिन्न भाग जलेका दुवैको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । आर्थिक अवस्था नाजुक भएकाले परिवारले उनीहरुको उपचार गराउन नसकेको जनाइएको छ ।
घरको आर्थिक अवस्था नाजुक भएका कारण परिवारले आमा, छोरा दुवैको उपचार गराउन नसकेको हितैषी आरती चौधरीले जानकारी दिइन् । उनले निःशुल्क उपचारका लागि सिफारिस बनाएर पीडित काठमाण्डौंको वीर अस्पताल पुगे पनि निःशुल्कमा उपचार नहुने भनिएपछि उपचार नगराइ फर्किएको बताइन् । काठमाण्डौंबाट फर्केर आमा, छोरा दुवै घरमै छटपटाइरहेको चौधरीले बताइन् ।
आर्थिक अभावका कारण घाइतेको उपचार गराउन नसकेका पीडितका परिवारले सहयोगका लागि याचना गरेका छन् । गरिबीका कारण उपचार गराउन नसकेको उल्लेख गर्दै पीडितकी सासु हुक्मीदेवी चौधरीले कतैबाट सहयोग पाए बुहारी र सानो बाबूको उपचार गराउने उल्लेख गरिन । पीडित द्वन्द्वपीडित परिवारका सदस्य हुन ।

थप सम्बन्धित समाचार
Follow
Us