
असिनाले ढाकिएको बुटवल बजार (फोटो फिचर)
बिहिवार, १६ फाल्गुण
11:01 AM

बुटवल १६ फागुन । बुटवलमा बिहिबार बिहानै देखि परेको असिना र पानीले जनजीवन प्रभावित बनाएको छ । बिहान ७ बजे देखि परेको असिना सहितको पानी करिव आधा घण्टा सम्म लगातार परेको थियो ।
असिनाका कारण बुटवलका सडक तथा खाली जग्गा सेताम्मे भएका छन् । पसाउन लागेको गहुं, हिंउदे तरकारी तथा दलहन बालीलाई असिनाले नष्ट गरेको छ ।
फोटोः जनबोली डटकमबाट