अमेरिकमा चिया बेचेर महिलाले कमाइन् साढे ३ अर्ब

-kailarionline

आइतवार, १८ चैत्र 9:35 AM

एकजना अमेरिकी महिला भारत आइन् । भारतमा आएर चियाको पारखी भएर देश फर्किइन् । अमेरिका गएपछि उनले गाडीको चिया पकाएर बेच्ने पार्टटाइम काम सुरु गरिन् । उनको चिया पसल यति चल्यो की उनी चियाबाटै करोडपति बनेकी छिन् ।

ती महिलाको नाम हो ब्रुक एडी । उनी सन् २००२ मा भारत आएकी थिइन् । भारत आएर केही दिनपछि आफ्नो घर फ्लोरिडा फर्किएपछि उनले केही चिज मिस गरिन् । भारतमा पिएको चियाको स्वादले उनलाई यति तानेछ की अमेरिकामा उनले त्यो स्वाद मिस गरिन् । त्यसपछि सन् २००७ मा उनले भत्तिः चिया नामबाट कारको डिकीमा चियाको पार्टटाइम व्यापार सुरु गरिन् । चियाको व्यापार हेर्दाहेर्दै यति मालामाल भयो की उनी आफ्नो फूलटाइम जागिर छाडेरै चिया व्यापारमा लागिन् ।

यसबाट उनको नयाँ यात्राको सुरुवात भयो । उनको चियाको व्यापारबाट ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरिसकेकी छिन् ।

सन् २०१८ सम्म अमेरिकामा ब्रुक एडीको स्वामित्वमा रहेको भक्ति चियाले करीब ७२ करोड रुपैयाँ बराबरको कारोबार गरेको रहेछ ।

भारत घुमेपछि उनलाई चियाको यस्तो चस्को लागेछ की अमेरिका गएर पनि भुल्न सकिनन् । उनी आफ्नो सहरको स्थानीय क्याफेमा चिया पिउन गइन् तर उनलाई भारतमा जस्तो स्वाद मिलने । त्यसपछि उनले निधो गरिन् कि किन आफैले भारतीय स्वादको जस्तो चिया बनाएर नबेच्ने ? त्यसपछि सन् २००७ मा उनले अमेरिकामा चियाको कारोबार सुरु गरिन् । सुरुमा चिया पकाउन नसिकुन्जेल उनलाई थोरै समस्या त भयो नै तर विस्तारै उनले भारतीय चिया बनाउन सिकिन् ।

त्यसपछि उनले पकाएको चियाले विस्तारै लोकप्रियता कमायो र यो वर्ष त अहिलेम्म ७० लाख डलर बराबरको कारोबार गरिसकेकी छिन् । एजेनसीको सहयोगमा

थप सम्बन्धित समाचार
Follow
Us